हिउँ चितुवा (अंग्रेजी: Snow Leopard) ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण अफ्रिका तथा मध्य एशियाका हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाई बीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन। लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही संख्या थाहा हुन सकेको छैन, तापनि खुला जंगली क्षेत्रमा ३,५०० देखि ७,०००को संख्यामा तथा बिश्वका चिडियाघरहरूमा ६०० देखि ७००को संख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ।
हिउँ चितुवा अन्य ठूला बिरालो प्रजातिका जनावर भन्दा सानो हुन्छ, तर उनीहरू कै आकारमा देखिन्छ, सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाई ७५ देखि १३० सेन्टिमिटरको हाराहारीमा हुन्छ भने पुच्छर सहितको लम्बाई यो लम्बाईको ७५ देखि ९० प्रतिशत बढी हुने गर्छ।
यसको थुतुनो छोटो हुन्छ र नाकका प्वाल ठूला हुन्छन् जसले गर्दा हिमाली क्षेत्रमा स्वास फेर्न सजिलो हुन्छ। यसको शरीरमा हल्का खैरो रंगको लामा र बाक्ला भुत्ला हुन्छन्। यसको शरीरभरी काला पहेँला थेग्लाहरू हुन्छन् र छाती सेतो हुन्छ। यसको आँखा निलो वा हरियो रंगको हुन्छ पंजा ठूला हुन्छन् जसले गर्दा यिनीहरू हिउँमा सजिलै हिड्न सक्छन। लामो र लचकदार पुच्छर हुन्छ जसले गर्दा चट्टानी भू-भागमा हिड्दा शरीर संतुलन गर्न सहयोग मिल्छ। हिउँ चितुवा हिमाली क्षेत्रका जंगल तथा पत्थरीला पहाडहरूमा बसोबास गर्ने गर्दछ।
हिउँ चितुवा मध्य तथा दक्षीण एशियाको उबडखाबड परेको हिमाली प्रदेशमा लगभग १,२३०,३०० वर्ग किलोमिटरको क्षेत्र भित्र पाइन्छ, जुन क्षेत्र भित्र नेपाल, चीन, भारत,अफगानिस्तान, भुटान, काजकस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रसिया, ताजकिस्तान र उज्वेकिस्तान लगायतका बाह्र वटा देशहरू पर्छन।
भौगोलिक बितरण अनुसार हिम चितुवा बसोबास गर्ने क्षेत्र पश्चिम अफगानिस्तानको हिन्दुकुस शिर दर्या(the Syr Darya) बाट पमिर हिमालय(Pamir Mountains), टियान शान(Tian Shan), काराकोरम हिमाल(Mt.K2),कश्मिर, कुन्लुन, हुदै दक्षिणी साइबेरीया सम्म फैलिएको छ, जहाँ रसियाको अल्ताइ हिमाल, साजन, तन्नु-ओला हिमाल र बैकाल तालको पश्चिमी क्षेत्रका हिमलायहरू पनि पर्दछन। हिउँ चितुवा मंगोलियामा मंगोलिया तथा गोवी अल्ताइ(Gobi Altai) र खाङ्गाई हिमालाम तथा तिब्बतमा उत्तरमा अल्ताइन-ताह(Altyn-Tagh) सम्म पाइन्छ।
0 comments:
Post a Comment