नाम मरे पछि, सम्झीन्छन् सबै
चिन्दैन थ्यो, अगी सम्म....कोहि
दाम तुरे पछि, सम्झीन्छन् सबै
बल्ल उस्ले मीत्र, चिन्यो....आज
आराम गुमे पछि, सम्झीन्छन् सबै
पीउदै थियो उ, एक्लै........एक्लै
जाम चढे पछि, सम्झीन्छन् सबै
करतुत कालो, यादै हुन्न गर्दा
चारधाम पुगे पछि, सम्झीन्छन् सबै
सुर्यको अगी, दियो भन्ने हरु पनी
घाम डुबे पछि, सम्झीन्छन् सबै
0 comments:
Post a Comment