Home » » लाली गुराँस नफूल्दा चिन्ता

लाली गुराँस नफूल्दा चिन्ता

पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लामा फैलिएर रहेको जलजलेमा यस बर्ष लालीगुराँस कम फूलेपछि स्थानीयवासी चिन्तित बनेका छन् । लाली गुराँसको राजधानी भनेर चिनिने यस क्षेत्रमा वायुमण्डलमा तापक्रम बढेको र समयममै मनसुन नभएकाले कम फूल फूलेको बताइएको छ । चैतको पहिलो सातामै ढकमक्क फुल्ने लालीगुराँस तेश्रो साता भैसक्दा पनि फाट्टफट मात्र फूलेको हो । विश्वमै भएका मध्ये ३६ जातिको लालीगुराँस पाइने यस क्षेत्रमा समयमै पानी नपर्दा गुराँसले ढाकिने डाँडाहरु उजाड रहेको स्थानीय बद्री कोइरालाले बताउनुभयो । मुलुकमै सबैभन्दा बढी लालीगुराँस पाइने भएकाले पनि यो क्षेत्रमा गुराँसको मनोरम दृष्यावलोकन गर्न प्रत्येक वर्ष स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दथे । पैदल यात्राका लागि पनि यो क्षेत्र राम्रो गन्तव्य मानिन्छ । एकातिर समय बितिसक्दा पनि यस क्षेत्रमा गुराँस फूल्न सकेको छैन भने ताप्लेजुङ, पाँचथर र इलामका केही स्थानमा भने समय अगावै गुराँस फूलेको थियो । यसका कारण पनि जलवायु परिवर्तनको असर परेको बताइन्छ ।
Share this article :

0 comments:

Post a Comment

Recent Posts

पुराना पोस्टहरु

  • 110.खोज्यौ भने भगवान भेटिन्छ24/09/2012 - 0 Comments
  • 104.तिम्रो मोहब्बतमा.....डुबे10/09/2012 - 0 Comments
  • 76.तीम्लाई पनी मेरो जस्तै, रोग...लागे हुन्थ्यो29/07/2012 - 0 Comments

Nepali Date Convertor

 
Support : FOOT1 | FOOT2 | FOOT3 | FOOT4 | FOOT5 | FOOT6 | FOOT7
Copyright © 2011. Gaurab Shrestha | गौरब श्रेष्ठ - All Rights Reserved
Blog Design by Gaurab Shrestha Helped by Ram Sharan Shrestha
Proudly powered by BLOGGER