सजिउन,
जसलाई मधेसमा मुनगा
वा सहजन भनिन्छ,
निकै चमत्कारी वनस्पतिको
श्रेणीमा पर्छ ।
तरकारीमा पनि प्रयोग
हुने यो वनस्पति
रूखमा फल्छ ।
यसका सबै थोक
काम लाग्छन्, फूल,
पात, फल सबै
। यसको बोटको
उचाइ १० मिटरसम्म
हुन्छ । यसको
निरन्तर उपयोगले अन्धोपना नियन्त्रण
सहित अन्य धेरै
फाइदा पुग्न सक्छ
।
लखनऊको रिजनल फुड रिसर्च
एनालिसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार,
सजिउन प्राकृतिक गुणले
भरिपूर्ण हुन्छ । यसमा
यति धेरै औषधीय
गुण हुन्छ कि,
कुनै पनि रूपमा
यसको सेवन गर्नाले
धेरै रोगबाट मुक्त
हुन सहयोग मिल्छ
।
सजिउनमा
भिटामिन 'ए' र
'बी' बढी मात्रामा
पाइन्छ । भिटामिन
'सी' समेत पाइन्छ
। यी तिनै
भिटामिन उच्च मात्रामा
हुने कमै प्राकृतिक
खाद्यपदार्थ छन् ।
यसमा फलाम, प्रोटिन,
फाइबर, क्याल्सियम, फोस्फोरस एवं
खनिज तत्त्व प्रचूर
मात्रामा पाइन्छ । सजिउनको
नियमित सेवनले रक्तअल्पता र
आूखाको रोगबाट आरामा पाउन
सकिने कुरा सेन्टरको
अनुसन्धानमा उल्लेख छ ।
भारतकै राष्ट्रिय कृषि अनुसन्धान
परिषद्ले उल्लेख गरे अनुसार,
सजिउन हेमाग्लोविन बढाउनमा
सहायक र एन्टिबायोटिकको
गुणले युक्त हुन्छ
। मुख्यतः पेट
सम्बन्धी सबै प्रकारका
विकार उपचारमा सजिउन
निकै उपयुक्त मानिन्छ
। यसले पाचन
क्रियालाई बलियो बनाउँछ ।
सजिउनको
नियमित सेवनले कपाल र्झन
समस्याबाट पनि मुक्ति
पाइन्छ । गठिया
र मोटाइले पीडितहरूका
लागि त यो
अमृत जस्तै छ
। यो वायु
नाशक समेत हो
।
सजिउन खानाले बोसो कम
हुन्छ । बोसो
कम हूँदा मोटाइ
कम हुन्छ, गठिया
निको हुन्छ ।
यसले पीडा नाशकको
काम समेत गर्छ
। यसले सुन्निएको
कम गर्छ ।
सजिउनलाई
वीर्यवर्द्धक समेत मानिन्छ
। आयुर्वेदले यसलाई
नपुंसकताको उपचारमा प्रभावकारी मानेको
छ । आयुर्वेदका
धेरै औषधि तयार
गर्न सजिउनको जरो,
छाला, फूल, बीउ
र फल उपयोग
गरिन्छ ।
via- kantipur
via- kantipur
0 comments:
Post a Comment