एक्लै जीउन, सीक्दै छु म आजकाल
पीत्तल भाउ, बिक्दै छु म आजकाल
के गरौ....... फूलको बयान, साथि
नीलकाँडा, झिक्दै छु म आजकाल
काल कुर्दै बसेको छु, पालो नआएरै
केहि दिन अरु, टिक्दै छु म आजकाल
कहाँ छ र आँशु छेक्ने छाता म संग
यहि आँशु संग, भीज्दै छु म आजकाल
कलम छ म बुझ्ने, मेरो सहयात्रि
तबत गजल, लीख्दै छु म आजकाल
0 comments:
Post a Comment