हिजोको दिन थियो, खास....... मेरो लागी
नीम्तो पाए मायालुको, स्याबास मेरो लागी
नीम्तो पाए मायालुको, स्याबास मेरो लागी
सजाय के दिउ उन्लाई, मेरो खुसि लुटे बापत
हुन्थ्यो कुनै अदालत यहाँ, काश मेरो लागी
आँगनी मा तिम्रो खुसि, मगमग फूल्दै गर्दा
जल्दै थिए सपना सारा, बिनाश मेरो लागी
रछ्यानमा फ्याकिए म, नाता जोड्यौ अर्कै
अझै दिन्छौ दिलासा त्यो, आश मेरो लागी
नीकालीए दिल बाट, ढोका थुन्यौ..... मनको
उपहारमा मेरै जीबन जीउदो, लाश मेरो लागी
4 comments:
Wao Fantastic Gazal .. Like it
thank you umesh bro.....
umdaa gazal..moon paryo
moon parekai ho sir thank u .........so so much
Post a Comment