एक्लो म आज, अल्ली फरक भएपछि
कुल्चीन्छन् सबै, खाली सडक भएपछि
म भीरको फूल, सुबाष हुनुको के अर्थ
पलाष मै पनी, हल्का महक भएपछि
कस्ले सोध्यो त्यो, असाहय नारि लाई
अब गुन गाउने, सबै झमक भएपछि
गल्तीमा उस्को, औला उठाउदा... मैले
हेपीए म अल्ली, धेरै सजक.. भएपछि
खेल्यो उस्ले, मेरो कन्चन माया.... नदेखि
उफ्रेर गयो कपास झै, नरम लचक भएपछि
1 comments:
एक्लो म आज, अल्ली फरक भएपछि
कुल्चीन्छन् सबै, खाली सडक भएपछि
Post a Comment