हरियो छदा छहारि भन्थे, बस्नेको हुल....हुन्थ्यो
रमाउथे शितल तापेर सबै, छेबैमा फूल हुन्थ्यो
बटुवा आउथे थकाई मार्थे, सुस्ताउथे... एकैछिन
सबैले भन्थे आउने र जाने, यै बाटो मुल हुन्थ्यो
बिश्वाश थियो सम्मान पनी, फूलपाती चढाउथे
ढोगेर जान्थे घुमेर मलाई, कसैको भुल... हुन्थ्यो
अगाडि कोशी सलल.......... पानी, बगेको हेरेरै
उमेर ढल्क्यो म बुढो पीपल, पुजामा कुल हुन्थ्यो
समय आज बदलीयो मेरो, पात छैन..... हाँगामा
सुकेको दाउरा सल्काई आगो, खरानी धुल हुन्थ्यो
आउदैन्न कोहि यो ठाँउ फेरि, तर्साउछ.... दिनैमा
भत्काए बाटो म सम्म आउने, अगाडि पुल हुन्थ्यो

0 comments:
Post a Comment